कैलाली । कैलालीको लम्कि चुहा नगरपालिकामा ट्रकको ठक्करबाट १९ वर्षिया किशोरीको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कि बजार नजिक ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिदा सोही स्थानकी सुनिता रावलको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ ।

कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ । प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् । चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरुको छ । आर्थिक प्लसबाट


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar