काठमाडौं । नेपाल प्रहरीमा व्यावसायीक प्रहरी अधिकारीका रुपमा चिनिएका डिआईजी शैलेश थापा र निरज शाही पछिल्लो समय विवादमा तानिएका छन् ।

प्रहरी संगठनलाई बदनाम गराउँदै आएका केही प्रहरीको ईसारामा चल्दा अहिले व्यावसायीक प्रहरीको छवी बनाएका डिआईजीद्वय विवादमा तानिएका हुन् । शाही केन्द्रीय अनुसन्धान व्यूरो ९सिआईबी० र थापा महानगरीय आयुक्तको कार्यलयका प्रमुख हुन ।

७२ हजार प्रहरी संगठनमा व्यावसायीक प्रहरी अधिकारीको नाम लिदा पहिलो नम्बरमा डिआईजी थापा र दोस्रो नम्बरमा शाही पर्छन् । तर आयुक्त प्रमुख थापा र सिआईबी प्रमुख शाहीको पछिल्लो कार्यसम्पदानमा प्रश्न उठेको छ । पोखराका पत्रकार अर्जुन गिरी पक्राउको बिषयलाई लियर सिआईबीका प्रमुख शाही बिबादमा धकेलिए ।

जघन्य घटनाको अनुसन्धान गर्न गठित सिआईबीमा डिआईजी शाहीले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा पनि कुनै माँखो मार्न सकेका छैनन् । उता आयुक्त कार्यालयका डिआईजी थापा बृत्तका डिएसपीहरुले मनपरी गरे पनि कानुनी दायरमा ल्याउन अक्षम बनिरहेका छन् ।

महाराजगञ्जमा चर्किएको २३ लाख काण्डले उग्र रुपमा लिदा उनले डिएसपीलाई बचाउन खोजेको भूमिका पनि शंकास्पद देखिन्छ । इन्स्पेक्टर दिनेश भण्डारीले पैसा लिएको पाटो प्रमाणित नभए पनि व्याहारीक पाटो भने स्पष्ट छ । उक्त काण्डमा मुद्दा मिलाईदिन्छु भन्दै २३ लाख रकम भण्डारीले लिएका थिए ।

तर त्यही पैसा गुमेको गुनासो लिएर पुगेका व्यक्तिलाई उल्टै गाली गरेर बृत्तबाट निकाल्ने डिएसपी फणिन्द्र प्रसाईको उक्त पैसामा भाग भण्डा छैन भन्ने आधार भेटिदैन । आफ्नो वृत्तमा चर्किएकोकाण्डमा प्रसाईले छानबिन गरी सत्यतत्थ पत्ता लगाउनु पथ्र्यो । तर उनले त्यसो गरेनन् ।

यस्ता प्रहरी अधिकृतलाई अहिले डिआईजी थापाले राम्रो भनेर प्रशंशा गर्दै आएका छन् । उनको सचिवालयमा रहेका प्रहरी निरक्षक सुवास गुरुङले डिआईजी थापालाई घुमाउँदै आएको स्रोत बताउँछ । काम भन्दा चाकडीबाचको नामले प्रहरी सर्कलमा चिनने गुरुङ जागिर खाएदेखि काठमाडौं नछाड्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

जागिर अबधिभर लेखामा बसेका गुरुङले भ्रष्टाचार गरेको पैसाले धापासीमा साँढे तीन तले घर बनाएका छन् । पूर्व प्रहरी अधिकृत उपेन्द्रकान्त अर्यालको पालामा रौतहट सरुवा भएपछि १७ महिना जागिर छाडेर बसेका गुरुङलाई डिआईजी थापाले इन्टेलिजेन्सको प्रमुख बनाएका छन् ।

केही माफिया, दलाल र भ्रष्ट प्रहरीको मिलोमतोमा गुरुङले व्यावसायीक प्रहरी अधिकारीका छबिमा दाग लगाउँदै आएका छन् । गुरुङ जस्ता प्रहरी अधिकृतको कुरा सुनेर डिआईजी थापाको गलत निर्णय गरेका कारण कारण केही प्रहरी अधिकारीको मोरल डाउन भएको छ ।

जसका कारण व्यावसायीक प्रहरी अधिकारीको छवी बनाएका थापा पछिल्लो समय बिबादिद बन्दै गएका छन् । भावी आईजीपीका प्रमुख दाबेदारका रुपमा देखिएका थापा एक नम्बरका डिआईजी भएपनि कमाण्डमा त्यति अब्बल मानिदैनन्। (जनप्रहार साप्ताहिक )


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar