विराटनगर । जनमत पार्टीले विराटनगरको स्नाकोत्तर क्याम्पसको मैदानमा शनिवार गरिएको विशाल आमसभाका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतको भाषणवाट प्रभावित भई दर्जनौ यूवाहरु जनमत पार्टीमा प्रवेशगरेका छन् ।
विशाल आमसभाको समुद्घाटन वीर मधेशी शहिद राम मनोहर यादवलाई माल्र्यापण र दीप प्रज्वलन गरी आमसभाको उद्घाटन गर्दै जनमत पार्टी कुनै चोर, फट्हा र भ्रष्टाचारीको पार्टी नभई साधुको पार्टी भएको वताउँदै मधेशी जनताले २००७ सालको प्रजातन्त्रको आन्दोलन विराटनगरकै जुटमिलवाट भएको र मेरो पनि खुट्टा विराटनगरकै क्याम्पको फिल्डमा प्रहरीको कठोर यातनाले भाचिएको त्यतीवेला पनि यहांका मधेशी नागरिक समाज र जनताको साथ पाएको वताए ।
वहांले भने ७० साल देखि मधेशी जनताले नेपाली काँग्रेसलाई जिताएर सरकार वने धेरै जसो कोईरालाहरु विराटनगरवाटै प्रधानमन्त्री वने तर मधेशीलाई केही दिन सकेन वरु अधिकारवाट वञ्चित राखे, नेपाली काँग्रेस भन्दा एमाले पनि कम छैन २० वर्ष देखि शासन गरे पहाडवाट वसाई सराई गरेर मधेशमा मान्छे भरे, वर्मावाट मान्छेलाई ल्याएर मधेशमा बसाएर मधेशीलाई उठीबास गराएका छन् । त्यसैगरी मधेशीको नाममा राजनीति गर्ने राष्ट्रिय जनता दल र समाजवादी पार्टी मधेशीसंगभोट लिएर मधेशी जनतालाई काठमाण्डौमा बेचि रहेको र अहिले सम्म सत्तामा पुग्न मधेशीलाई हथियार बनाएको वताए ।


नेपालमा राजनीति गरि रहेका नेपाली काँग्रेस, नेपाल कम्यूनिष्ट पार्टी र मधेशी दललाई समय सिधिएको औषधी संज्ञा दिदै भने तपाई मोटर साईकल, मोवाईल, गाडी किन्न जाँदा लेटेष्ट भर्सनको माग्नु हुन्छ तर पार्टी पुरानैलाई प्रथमिकता दिनु हुन्छ त्यो गलत हो ती पार्टीहरुको पाग्राहरु खिएर विखरी सकेकोले त्यस्तोवाट न्याय, समानता र पहिचानको समस्या समाधन हुनेवाला छैन त्यसको एउटै विकल्प हो जनमत पार्टी जनमत दिनुस आफ्नो–आफ्नो अधिकार लानुस भन्दै पार्टीमा प्रवेश गर्नेहरुलाई अविर टिका लगाई सम्मन गरेका थिए ।
सोही पार्टीका केन्द्रिय सदस्य एवम पार्टीको प्रवक्ता अब्दुल खानले नेपाली काँग्रेस, एमाले, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीहरु भ्रष्टाचारी, गुण्डा, दलाल, देशको जंगल, जमीन र पानी वेच्नेको संज्ञा दिदै ती पार्टीवाट मधेशमा बसोवास गरेको मधेशको अधिकार दिन्छ भन्ने कल्पना पनि गर्न सकिन्न किन कि मधेशकै भूमिवाट पेट पाल्छन् । मधेशमै उठेको करले गोली किन्छन् अनि त्यही गोली मधेशी, भारतीय, माखे भन्दो ताकी ताकी गोली हान्ने गरेका पार्टीवाट देश र जनताको समस्या समाधान नहँुन भन्दै विकल्पको रुपमा जनमत पार्टी आएको वताउदै जनमत पार्टीमा लाग्न आग्रह गरेका थिए ।
खानले भने मधेशका मसिहा भनिएका उपेन्द्र यादवलाई भगौडा नेताको संज्ञा दिदै मोरंगवाट सुनसरी, सुनसरीवाट सप्तरी अहिले आएर अर्कै ठाउं खोज्दैछ तर मधेशमा ठाउं भेटिरहेको छैन भन्द राजपालाई छकाको संज्ञा दिए । त्यसैगरी उपेन्द्र यादवलाई मधेशको कंशको संज्ञा दिदै कंशलाई मार्न कृष्णको अवतारको रुपमा राउत आएको भन्दै जनमत पार्टीलाई जनमत दिन आग्रह गरेका थिए ।
सो आमसभा केन्द्रय सदस्य परमेश्वर मुर्मको अध्यक्षतामा सम्पन्नन् भएको थियो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2020 Swatantra Khabar