श्याम सुन्दर सुतिहार
विराटनगर । नेपालले सन् २०२० लाई भिजिट नेपालवर्ष घोषण गरी आन्तरिक तथा वाह्यि पर्यटनलाई नेपाल भित्रियाउन लक्ष्य लिएसँगै तराई मधेशमा पर्यटन प्रवद्र्धनको लागि भिजिट मधेशको उद्घोष प्रदेश नं. १ को राजधानी विराटनगरमा एक अन्तर क्रिया कार्यक्रमको आयोजना गरी उद्घोष गरेका छन् ।
अनौपचारिक रुपमा भएको सो अन्तरक्रिया कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले तराई मधेशमा पर्यटन प्रवद्र्धनको जानकारी गराउँदै काठमाण्डौले तराई मधेशलाई उपेक्षा गरेको भन्दै सरकारवाट सवै काम सम्भव नभएको भन्दै नागरिक स्तरवाट मधेशको पर्यटन प्रवद्र्धन अभियान जुटेको वताए । नेपालमा गोरो छाला भएकोलाई मात्र पर्यटक मान्ने मानसिकताले ग्रसित भएकोले त्यो मानसिकतावाट उठेर भारतीय पर्यटकलाई नेपाल प्रवेश संगै विभिन्न किसिमको परेशानी भोग्नु परेकोले भारतीय पर्यटकलाई भारतीय नं. प्लेटको गाडीहरुलाई वर्षको ३० दिन नतोकेर जहिले पनि आउन सक्ने वातावरण वनाउंनु पर्ने वहांको भनाई थियो ।
सो अन्तरक्रियामा सहभागी केही सहभागीहरुले भिजिट नेपाल वर्ष चलि रहँदा तराई मधेश पर्यटनको लागि भिजिट मधेश नाम दिएकोमा आपत्ति जनाउँदै मधेश हटाएर तराई, पहाड र नेपाल लेख्नु पर्ने भिजिट मधेशले विखण्डन मुद्दालाई बलियो बनाउन सक्ने वताएका थिए । भने केही वक्ताहरुले मधेशवाट शूरु गरिएको राजनीतिक दलहरु मधेशलाई छोडेसंगै राजनीतिक रुपमा कम्जोर भएको भन्दै आयोजकलाई तराईलाई हटाएर मधेश पर्यटन प्रवद्र्धन लेख्नु पर्ने सुझाव दिएका थिए ।


भिजिट मधेशको ग्लोवल कोडिनेटर प्रमोेद सराफले भने सवृद्ध नेपाल चाहने हो भने नेपालको तीनवटा खम्बा हिमाल, पहाड र तराई मधेशको सवृद्धि विना परिकल्पना गर्न सकिदैन । पहाड र हिमालमा सरकारले वर्षौ देखि पर्यटन विकासमा लागेका छन् त्यही सरकार मधेशको पर्यटनलाई पछाडी पारेको भन्दै जनस्तरवाट मधेशको पर्यटक स्थलहरुलाई विश्वलाई चिनाउन र मधेशमा पर्यटन भित्रियाउन लागी परेको वताएका थिए । तराई मधेश पर्यटन प्रवद्र्धनको लागि जनस्तरवाट सहयोगको अपेक्षा गरेको वताएको थिए ।
सो कार्यक्रम भिजिट नेपाल २०२० को प्रदेश नं. १ को सदस्य फनिन्द्र अधिकाराी, होटल व्यवसायी महासंघका सदस्य खिल कुमार सुवेदी, मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहार, पत्रकार हिरालाल साह, मधेशी महिला नागरिक समाजका अध्यक्ष आशा झा, भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महतो, विराट राजवंशी यूवा समिति संयोजक कुशेश्वर राजवंशी, विराट राजा दरवारका संरक्षक कमल किशोर यादव, बर्जु ताल संरक्षण समितिका प्रतिनिधी लगायतले मधेशका पर्यटक स्थानहरुलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा मधेशी महिला नागरिक समाजले अतिथी र सहभागीलाई गम्छालागाएर सम्मान गरेका थिए भने विराट राजवंशी समाज उत्थान समितिले मधेशको संस्कृतिक परिकार भक्का र बगियाको नास्ता खोवाएका थिए । उक्त कार्यक्रमको संयोजन भिजिट मधेश प्रदेश नं. १ संयोजक राकेश रोशन यादवले गरेको थिए ।
तराई मधेश पर्यटन सम्वद्र्धन कार्यक्रम विराट राजवंशी समाज उत्थान समिति, मधेशी महिला नागरिक समाज र भाषा संस्कृति प्रतिष्ठानको सहकार्य र भिजिट मधेश प्रदेश नं. १ को आयोजनामा सम्पन्न भएको थियो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2020 Swatantra Khabar