विराटनर । अयोध्याका राजा दशरथका छोरा श्रीराम र राजा जनककी छोरोरी सीताको विवाहको शुभ अवसर परेर प्रदेश नंं. १ को राजधानी विराटनगरवाट हिमाल, पहाड, मधेश र तराईलाई छोटकरीमा हिपमत नाम राखेर मिडिया हाउसको शुभारम्भ भएको छ ।
शुभारम्भको कार्यक्रमलाई नयां रुपमा प्रस्तुत गरेको थियो । जसमा अध्यक्ष, प्रमुख अतिथी, विशिष्ठ अतिथी नराखी सवै अतिथी र सवै स्रोताको रुपमा रहेको थियो । सवैलाई समान हैसियतमा राखी हिपमत मिडिया हाउसले हिपमत डटकम अनलाईन पत्रिका र हिपमत टेलिभिजनको मिडिया हाउसको शुभारम्भ समाजसेवी देवकिशन मुन्दडा, गायक रामा मण्डल, सुमित खडका, सिताराम पोखरेल, विरेन्द्र झाले समेतले संयुक्त रुपमा शुभारम्भ गरेका थिए । सोही अवसरमा अतिथीहरुले भने सांस्कृतिक माध्यमबाट समाजलाई एकताको सुत्रमा बाध्ने जुन सोचले अगाडी बढेको छ त्यो अति नै सराहनीय रहेको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए
हिपमत मिडिया हाउस प्रालिका सुत्रधार समाजसेवी देवकिशन मून्दडाले अनेकतामा एकताको सन्देश तथा विविधतामा बहुलताको भेष र हिपमत पथको छ विशेषता अनेकतामा झल्किन्छ एकता जस्ता स्लोगन भन्दै हिपमत पथमा हिड्नु भएका सम्पूर्ण हिपमतकर्मीलाई शुभकामना एवं बधाई दिनु भएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष बन्धु पोखरेलले मिडिया हाउसको प्रगतिको कामना गर्दै सस्तो लोकप्रियताकोलागि आधारहिन समाचार प्रकाशन प्रशारण नगर्न तथा प्रत्रकारिता धर्मको पालना गर्न आग्रह समेत गर्नु भयो ।
नेपाली कांग्रेसका नेता यदु कुमार बिष्टले छिटो छरितो सुचना प्रवाह गर्न उपयुक्त माध्यमको रुपमा रहेको अनलाईन मिडियाको निकै महत्व बढेको बताउदै मिडिया हाउसलाई शुभकामना दिनुभयो । त्यस्तै नेकपा नेता मृतुञ्जय झा तथा विवेकशील साँझाका नेता अमलेश कर्ण पनि प्रगतिको शुभकामना दिनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष बन्धु पोखरेलले मिडिया हाउसको प्रगतिको कामना गर्दै सस्तो लोकप्रियताकोलागि आधारहिन समाचार प्रकाशन प्रशारण नगर्न तथा प्रत्रकारिता धर्मको पालना गर्न आग्रह समेत गर्नु भयो ।
सोही शुभारम्भ कार्यक्रममा हिपमत मिडियाका प्रधान सम्पादक प्रकाश प्रेमीले मिडिया हाउसको विषयमा बोल्दै कसै प्रति आग्रह पूर्वाग्रह नराख्ने, तटस्थ रही सत्य तथ्य सामाचार सम्प्रेशन गर्ने तथा पुर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म सम्पूर्ण नेपाली अनुहार यस मिडियामा हेर्न सकिने बताउनु भयो । यस मिडियाले सामाजिक, सांस्कृतिक र ओझेलमा परेका वा लुकेर रहेका प्रतिभाहरुलाई समेत स्थान दिने तथा सांस्कृतिक एकताको झझल्को हिपमता मिडियामा हेर्न सकिने उल्लेख वताउनु भएको थियो ।


मिडियाका अध्यक्ष तथा प्रकाशक बीरेन्द्र कुमार साहले हिपमत नेपालमा रहेको हिमाल, पहाड, मधेश र तराईलाई एकताको वद्ध गर्न ती सवै क्षेत्रमा समावेशीको आवधारणा लिने र सवै जातजाति र भाषाभाषीहरुको उत्थानको लागि हिपमत मिडिया प्रालि तयार रहेको वताए । सो शुभारम्भ कार्यक्रममा राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भिखमचन्द सरल, साहित्यकार सरिता तुलाधर, कलाकार अञ्जना कट्टेल, निरज ब्लायक, पत्रकार वरुण मिश्र, नवीन कर्ण, शुसीला पाठक, श्याम सुन्दर सुतिहार, पदम सरदार, जेपी महतो सहित हरिप्रशाद घिमिरे, शंकर महत लगायतको उपस्थिति रहेको थियो ।
हिपमत शब्दवाट यस भन्दा पहिले हिपमत तरंग साप्ताहिक दर्ता भएको छ, न्यू सृष्टी दैनिकमा प्रत्येक आईतवार हिपमत फुलवारी संचालनमा रहेको छ भने हिपमत नागरिक समाज, हिपमत यूवा समाज, हिपमत उपभोक्ता संरक्षण समाज, हिपमत महिला समाजल गायतको गठनको तयारीमा रहेको स्रोतको दावी छ ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar