विराटनगर । भिलेज नेपाल नामक गैर सरकारी संस्थाले विराटनगर महानगर पालिका वडा नं.१५ रानीमा पाँच दिने आधारभूति पत्रकारीता तलिम मंसिर ९ गते सोमवार देखि शुभारम्भ गरेको छ ।
उक्त तालिम उद्घाटन सत्रका प्रमुख अतिथी इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्र बहादुर राणाले दिप प्रज्वल गरी उद्य्घाट गर्दै भने पत्रकारीतालाई देशको चौथो अंग भनिन्छ पत्रकारहरुले समाजमा रहेका कुसंस्कृति र लुकेको कुरालाई वाहिर ल्याई समाजलाई उज्यालो दिने भएकोले तपाईहरुपनि तालिम लिएको पछि समाजको लागि कलम चलाउनु भन्दै तालिमको सफलताको कामना गरेका थिए ।
त्यसैगरी सोही कार्यक्रमका विशिष्ठ अतिथी समाजवादी पार्टीका युवा नेता मो. फैयाजले तालिमको सफलताका कामना गर्दै अवाज विहीनहरुको आवाज बन्न पत्रकारीता क्षेत्रले महत्व पूर्ण योगदान गरेकोले तालिम लिए पश्चिात तपाईहरुपनि समाज सुधार र विकासको लागि कलम चलाउन आग्रह गरेको थिए ।


सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता राजेश गुप्ताले मधेशी समुदायमा पत्रकारीता गर्नेहरु न्यून भएकोले पत्रकारीता क्षेत्रमा लाग्न यूवाहरुलाई आग्रह गर्दै तालिमको सफलताको कामना गरेका थिए ।

सो तालिममा मोरंग, सुनसरी, सिरहा, धनुषा, महोत्तरी लगायत स्थानीय वडा नं. १५ का यूवालगायत २५ जनाको सहभागिता रहको छ ।
पत्रकारीता तालिमको सहजीकर श्याम सुन्दर सुतिहार, हिरालाल साह, मुकेश कुमार यादव, राजेन्द्र कुमार मण्डलले गर्नु हुने छ ।
उक्त तालिम उद्घाटन सत्र भिलेज नेपालका अध्यक्ष श्याम सुन्दर सुतिहारको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar