विराटनगर । दिगो विकासका लक्ष्य तथा लैङ्गिक समानताको लागि क्रकेट प्रशिक्षण हुने भएको छ ।
नेपाल क्रिकेट फाउन्डेसन, कनेक्टिङ क्लव अन्तराष्ट्रियको आयोजना र विराटनगर क्रीकेट एन्ड केकेडमीका सहकार्यमा विराटनगर महानगरपालिका र कटहरी गाउंपालिकामा मंसिर ७ गते देखि १३ गते सम्म क्रिकेट फर इकुआलिटिको आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रम अन्तर्गत प्रशिक्षक तालिम, ६ सामुदायिक र २ निजी विद्यालय र एसओएस को छात्राहरु संग भेटघाट र क्रिकेटको बेसिक तालिम गराउने भएको छ । ती विद्यार्थीहरुलाई थप २ दिन तालिम र मंसिर १२ गते गल्र्स क्रिकेट कारनिभलको समेत आयोजना हुने भएको छ ।
सो कार्यक्रम अन्तर्गत विराटनगसर क्रिकेट क्लव एण्ड एकेडमीका खेलाडीहरु र विराटनगरमा रहेका महिला खेलाडीहरुलाई वेलायतवाट आएका प्रशिक्षकले तालिम दिनेछ । २० वर्ष लामो प्रशिक्षणको अनुभव भएका इंङ्लिस एन्ड बेल्स क्रिकेट वोर्डका कोच जोनाथन लि बोथले यूवा खेलाडीहरुलाई प्रशिक्षण दिनेछ ।
कार्यक्रमको सम्ुद्घाटन मंसिर ७ गते विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलेले गर्नु हुनेछ । कार्यक्रमपछि छात्रा तथा महिला खेलाडीहरुलाई १० हप्ता को निशुल्क तालिम प्रदान गरिनेछ । सो तालिममा तालिम प्राप्त प्रशिक्षक र विराटनर क्रिकेट क्लब एन्ड एकेडेमीका प्रशिक्षकले दिनुहुने छ ।
क्रिकेट फर इकुवालिटि कार्यक्रम अन्तर्गत सन् २०१७, २०१८ मा लैङ्गिक समानताको लागि गोष्ठी र प्रशिक्षण आयोजना गरिसकेको र २ हजार विद्यार्थीलाई लैङ्गिगक समानताका जानकारी पत्रकार सम्मलन गरी नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले गराएका थिए ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar