विराटनगर, मंसिर ५ गते । सुनसरीको धरान–६, पानवारी स्थितमा रहेको आसरा सुधार केन्द्र, पानवारी, धरान शखामा नवनिर्मित भान्छा घर एवं परामर्श कक्षको समुद्घाटन सम्पन्न भएको छ ।
बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरी श्रीमती संघका केन्दिू्रय अध्यक्ष श्रीमती प्रमिला खनालले भवनको समुद्घाटन तथा अवलोकन गर्नु हु“दै वहा“ले बदलिदो समय र रुपान्तरणका साथ साथै आधुनीक युगमा लागुऔषध दुर्व्यसनीको चपेटामा जानेर या नजानी पर्ने लागु औषध सेवनकर्ताहरुलाई उपचारको उदेश्यले यस संस्थाको स्थापना भएको बताए ।
साथै उपचारमा आउने सदस्यहरुलाई उपचारउन्मुख भई पुर्णत स्वस्थ्य बनाउनका लागी यस संस्थाबाट संरचनात्मक एवम प्रभावकारी र अनुकुल वातावरण तयार हुनु पर्ने कुरालाई समेत नकार्न नसकिने जिकिर गरे ।
त्यसैगरी आसरा सुधार केन्द्र, पानवारी, धरान शखाका प्रमुख संरक्षक प्रहरी नायब महानिरीक्षक ठाकूर प्रसाद ज्ञवालीले लागुऔषध दुर्व्यसनी र ग्रसित ब्यक्तीहरुलाई समाजमा पुन ः स्थापना गर्ने उदेश्यले समुदाय प्रहरी साझेदारीको अनुपम र उत्कृष्ट नमुनाको रुपमा संचालनमा आएको र यस केन्द्रलाई अझ सुविधा सम्पन्न बनाउनका लागी भान्छा घर एवं परामर्श कक्षको निर्माण गरिएको बताउनुभयो ।
आसरा सुधार केन्द्र, पानवारी, धरान शखालाई बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसा पत्र बितरण गरीएको थियो । २०७५ साल चैत्र १ गते देखि संचालनमा रहेको यस शाखामा हाल सम्म ६४ जनाले उपचार पुरा गराई सकेका छन भने हाल ७८ जना सदस्यहरु उपचारमा रहेका छन साथै ४६ लाख ५७ हजारको कुल लागतमा भान्छा घर एवं ५ कोठे परामर्श कक्ष निर्माण सम्पन्न भएको छ ।