विराटनगर, मंसिर ४ गते । मोरंगको जहदा गाउंपालिका र कटहरी गाउंपालिका भित्र रहेका संस्थागत विद्यालयहरु बीच जहदा गाउंपालिकाको दुर्गा उच्च माध्यमिक विद्यालयको प्रागणमा लक्ष्मिनिया यूवा क्लवले आयोजना गरेको हाजरी जवाफ प्रतियोगितामा जहदा गाउंपालिका वडा नं. ५ मा रहेको लिटिल चाईल्ड इंगलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।
जहदा गाउंपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगिताको उद्घाटन गर्दै भने हाजरी जवाफ प्रतियोगिताले विद्यार्थीमा नयां उर्जा आउने र प्रतिस्पर्धा गर्न वानीको विकास हुने भएकोले यस्तो प्रतियोगितालाई निरन्तरता दिनु पर्ने वताए ।

जहदागाउंपालिका र कटहरी गाउंपालिकामा रहेको संस्थागत विद्यालय मुन राईस भौडाहा, लिटिल चाईल्ड स्कुल जहदा–६, चन्द्र सुर्य स्कुल जहदा–२, मोडन स्टर्न स्टार स्कुल थलहा, धुर्वतारा स्कुल कटहरी–१, ज्ञान सागर स्कुल जहदा–६, बालवालिका स्कुल जहदा–२, सुप्रभा स्कुल कटहरी–४, गरी ८ वटा विद्यालयले भाग लिएका थिए ।
हाजरी जवाफ प्रतियोगितामा प्रत्येक स्कुल वाट ४÷४ जना भाई–बहिनीहरुले भाग लिएका थिए । सो मध्ये लिटिल चाईल्ड इंगलिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेका थिए । दोस्रो स्थान हासिल गर्न बालबालिका स्कुल सफल भए भने मोर्डन इस्टर्न स्टार इंगलिस वोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गरेका थिए ।


विजेता सवैलाई कप, प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा जहदा गाउंपालिका वडा नं. ३ को वडा अध्यक्ष अनिल कुमार ठाकुर, वडा नं. ५ का वडा अध्यक्ष जगदिश सिंह, जीवन विकास समाजका हेम नारायण राजवंशी, जगरनाथ राय, गान्धी मण्डल, पेरिस सुवेदी लगायतको उपस्थित रहेको थियो ।
उक्त प्रतियोगिता लक्ष्मिनिया युवा क्लवका अध्यक्ष नितेश कुमार साहको अध्यक्षतामा भएको थियो भने धिरज कामतको विशेष सहयोग रहेको थियो । जहदा गाउंपालिकाको दुर्गा उच्च माध्यमिक विद्यालयको प्रागणमा भएको थियो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar