श्याम सुन्दर सुतिहार
विराटनगर । केही दिन देखि परेको अविरल वर्षाको कारण देशभरकै जीवन प्रभावित भई अहिले सम्म दर्जनौले ज्यान गुमाएको छ भने दर्जन वेपत्ताका साथै दर्जनौको संख्यामा घाईते भई सयौको संख्यामा घरविहीन भएका छन् ।
अविरल वर्षाका कारण हिमाल, पहाड र सवभन्दा पढी प्रभावित तराई मधेश भएको छ । विराटनगर महानगर पालिकाको पुर्वमा सिघिया खोला र पश्चिममा रहेको केशलिया खोलाको वाढीले विराटनगरमा सयौ घर डुवानमा परेको छ । विराटनगर महानगर पालिका वडा नं. ८ सिघिया खोलाको छेउमा रहेको १ सय ७० सुकुम्वासीहरुको घर पुर्ण रुपमा डुवानमा परेको छ । तीनीहरुले वडा वटा केही त्रिपाल र स्थानीय समाज सेवीहरुवाट चुउरा, भूजा र चुरा पाएका छन् ।


त्यसै गरी पश्चिममा रहेको केशलिया खोलाको वाढी टोलमा पस्दा सयौघर डुमानमा परेको छ । वर्षाले गर्दा डुवानमा परेको घरका व्यक्तिहरुलाई व्यवस्थापनमा समस्या भई रहेको छ तीनीहरुलाई स्थानीय व्यक्तिहरुले खाद्य्य सामग्रीहरु वितरण गरेको छ ।
निरन्तर परेको अविरल बर्षाको कारण मोरंगमा खोलाले बगाई कटहरी गाउ“ पालिका वडा नं. ४ को सोभा सोरेन र जहदा गापा ५ को आदर्श पोदार बेपत्ता भएका छन् । त्यसैगरी अविरल वर्षाबाट मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ८ को सुकुम्बासी बस्ती, वडा नं. १२ को बखरी, मुसहर र ऋषिदेव वस्ती, वडा नं. १५ को पारिजात र मुसहर टोल, वडा नं. ६ को ब्रम्हपुरा र रामपुर, वडा नं. १२ को सिमरिया र बखरी, कटहरी गाउं पालिका वडा नं २ को कदमगाछी, वडा नं. ४ को नयांवजार र सुकुम्वासी बस्ती, रतुवामाई नपा वडा नं १० को मंगलवारे र पथरी शनिश्चरे नपा वडा नं ४ मा रहेका केही बस्तिहरु बढी प्रभावित भएका छन् ।
देश भरमा अविरल वर्षाको कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने १८ जना वेपत्ता भएका छन् । त्यसैगरी १ दर्जन जति घाईते भई अस्पताल भर्ना भएको छ ।


बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ भने काठमाडौं, खोटाङ र काभ्रेमा ३÷३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २÷२ जना तथा पा“चथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १÷१ जना गरी ३० जनाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी घाईते हुनेमा मकवानपुर–४ जना, काभ्रे–२ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १÷१ जना गरी १२ जना रहेको छ । त्यसैगरी सिन्धुलीमा–४ जना, भोजपुरमा–३ जना तथा काठमाडौं, ललितपुर पा“चथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १÷१ जना गरी १८ जना वेपत्ता भएका छन् ।


बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ
वाढी पहिरो तथा डुवान क्षेत्रहरुमा स्थानिय निकाय, सुरक्षाकर्मी तथा अन्य विभिन्न संध संस्थाका मानिसहरू समेतको सहयोग र सहकार्यमा सुरक्षित स्थानमा रहेको र खोलाले वगाई वेपत्ता भएका मानिसहरुको खोजतलास गर्ने कार्य प्रभावकारी रुपमा भएको स्थानीय सरकारले दावी गरेता पनि सो अनुसारको काम नभएको वढी प्रभावित क्षेत्रमा कुनै किसिमको राहत नपुगेको पिडितहरुको गुनासो छ ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar