श्याम सुन्दर सुतिहार
विराटनगर । नेपालको विराटनगरका दक्षिणी सिमा नजिकै भारतको जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि भारत नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई इमेल मार्फत ज्ञापन पत्र पठाएको छ ।
जोगवनी रेल स्टेशन देखि दिनहू“ हजारौ भारतीय र नेपाली नागरिकहरुले यात्रा गर्दछन् । ती यात्रामा आम नागरिक र खास गरी महिला यात्रीहरुले भोग्नु परेको समस्या र स्टेशनमा देखिएको समस्याहरुलाई समाधानको लागि अपील गरेको छ ।
जोगवनी देखि कटिहार रेल खण्डमा यात्रीहरु टे«नको ठाउ“मा डेमु परिचालन गरेको छ । जसमा बृद्धबृद्धा, महिला, बालवालिकाहरुलाई धेरै परेशानी झेल्नु पर्ने हुन्छ । त्यसै गरी जोगवानी लामो दुरीको रेल हप्तामा एक पटक र कोलकताको लागि हप्ताम तीन पटक भएकोले यसवाट नेपाल भारतका यात्रीहरु धेरै असज हुन्छ ।
त्यसैले चितपुर एकस्प्रेसलाई प्रति दिन जोगवनी देखि पटना सम्म इन्टरसिटी एक्सप्रेसको परिचालन गर्नको लागि पहल गर्नुका साथै जोगवनी स्टेशनमा महिला सुरक्षाकर्मीका व्यवस्था, रेलको पार्किङ्गमा सीसी क्यामराकोे व्यवस्था गरी दिन आग्रह गरेको छ ।
सो ज्ञापनपत्र भारत नेपाल सामाजिक संस्कृति मंचको भारत अध्यक्ष राजेश कुमार शर्मा, नेपाल अध्यक्ष प्रिति झा र बृहत मधेशी नागरिक समाजको अध्यक्ष सुर्यनाथ प्रसाद सिंहको हस्ताक्षर रहेको छ ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar