हिरालाल साह
असार ०८,विराटनगर । प्रदेश नम्बर एकको समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
आज विराटनगरमा अनलाइन मिडिया समुहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सुचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै लैजानु पर्ने बताउनुभयो । उहाले अब दैनिक पत्रीकाको युग समाप्त भै पाठकहरु अनलाइनमा सक्रिय हुने समय आइसकेको भन्दै अनलाइनलाई बिस्वस्नियताका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्नु भयो । मन्त्री घिमिरेले प्रदेश सरकार बाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाइ थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जाहिर गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अब देश बिकासमा सशक्त भुमिका निर्वाह गर्न अनलाइन मिडियाको बिशेश योगदान रहने बताउनु भयो । उहाले अरु सञ्चार माध्यम भन्दा अनलाइन सञ्चार माध्यमले छिटो सुचना प्रवाह गर्ने गरेको बताउदै अनलाइन मिडियालाई अगाडि बढाउन सबै व्यापारीक प्रतिस्ठानहरु बाट सक्दो सहयोग गरिने प्रतिबद्धता जाहिर गर्नु भयो ।

सोही विषयमा बोल्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यमलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाले उद्योग संगठन मोरङ संग सहकार्य गरि अनलाइन मिडिया समुहलाई अगाडि बढाउन २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै अनलाइन मिडिया समुहको मोरङ अध्यक्ष तेजेन्द्र बहादुर भणडारीले फेसबुक सञ्जालले गर्दा अनलाइन पत्रकारिता बद्नाम हुदै गएको कुरा उल्लेख गर्नु भयो । उहाले अनलाइन मिडियाको लागि चाहिने आवश्यक कानुनहरु पनि निर्माण हुनु पर्ने र अनलाइन मिडियाहरुलाइ नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनु भयो ।
उहाले अनलाइन सञ्चालकहरुले सम्बन्धित निकायमा दर्ता गराउनु पर्ने बताउनु भयो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar